यदि तपाईं पहिले नै एनजीओ चलाउनुहुन्छ भने, सामुदायिक सेवा, वा भइरहेका जुन मूल सिद्धान्तहरूअगाेरा अन्तराष्ट्रिय वक्ता सँग अनुकुल छ, तपाई सजिलैसँग आफ्नो सदस्यहरुलाई एगोरा समुदायमा सम्मिलित हुने थप फाइदाहरु प्रदान गर्न सक्नुहुन्छ।
सम्बद्धताका फाइदाहरू
अगाेरासँग सम्बद्ध भएर, तपाईं आफ्नो सदस्यहरूलाई पूर्ण एगोरा सदस्यता प्रदान गर्नुहुन्छ र विश्वव्यापी रूपमा पहुँच पुर्याउनुहुन्छ जसमा - सबै शैक्षिक सामग्रीहरू, अन्तर्राष्ट्रिय प्रतियोगिताहरू, हाम्रो अनलाइन प्लेटफर्म, सञ्चार, र व्यवस्थापन उपकरणहरू, नेटवर्किंग र मार्गनिर्देशन अवसरहरू, इत्यादि हुन्छ ।तिनीहरू विश्वभरिका कुनै पनि एगोरा क्लबमा बैठकहरूमा सहभागी हुन र, सबै एगोरा कार्यक्रमहरूमा भाग लिन सक्षम हुनेछन्।
- यदि तपाइँको एनजीओ, सामुदायिक सेवा, वा भइरहेकाे क्लब नियमित भेट्छन् भने,सब भन्दा सजिलो तरीका भनेको यी मध्ये केहि बैठकहरुलाई अगाेरा- शैलीका बैठकहरु संग प्रतिस्थापित गर्नु हो। उदाहरणको लागि, यदि तपाईंको क्लब साप्ताहिक रूपमा भेट्छ भने, तपाईं प्रत्येक महिना बैठकहरूको एउटा बैठक "अगाेरा बैठक" काे रूपमा गर्ने निर्णय गर्न सक्नुहुन्छ । एक तरीकाले, यो "क्लब भित्र एउटा क्लब" हुनु जस्तै हो।
- अर्को विकल्प भनेको केवल "अगाेरा बैठक विस्तार" को साथ तपाईको गतिविधिहरु विस्तार गर्नु हो। त्यसैले उदाहरणको लागि, यदि तपाईं नियमित रूपमा कोष संकलन गर्न भेला हुनुहुन्छ भने, एक पटक ती गतिविधि सकिएपछि, तपाईं एक अगाेरा बैठक गर्न सक्नुहुन्छ।
सम्बद्धता सार्वजनिक रूपमा बनाइने छ -दुबै एगोरा स्पीकर्स अन्तर्राष्ट्रिय र तपाइँको संगठन एक मानक ढाँचा प्रयोग गरी संयुक्त प्रेस विज्ञप्तिसंग सम्बद्धता घोषणा गर्नेछ।
आवश्यकताहरु
परिस्थिति जस्तोसुकै भए पनि, तपाइँको गतिविधिहरूको अगाेरा भाग पूर्ण रूपमा काम गर्नु पर्छ जस्ताे सार्वजनिक अगाेरा क्लब ।याे भनेकाे :
- यसले क्लबहरूका लागि सबै अगोरा दिशानिर्देशहरूसँग पालना गर्नु आवश्यक छ, मिलेकाे नाम, एक क्लब नम्बर, र निर्वाचित क्लब अफिसरहरूको सेट सहित।
- सदस्यहरूले अझै पनि अनलाइन प्लेटफर्ममा दर्ता गर्नुपर्नेछ। हामी तपाईंको सदस्यहरू थोरैमा सिएसभि लिस्टबाट आयात गर्न सक्दछौं वा तिनीहरू मैन्युअल्ली साइन अप गर्न सकिनेछ।
- सबै क्लब विस्तारहरू हाम्रो प्लेटफर्ममा होस्ट गरिएको एगोरा क्लबहरूको रूपमा सूचीबद्ध हुनेछ। तपाईं आफ्नो संगठनको छोटो प्रोफाइल प्रदान गर्न सक्नुहुनेछ र यो क्लब विवरणमा समावेश हुनेछ। जबकि, अगाेरा मोडेल अनुरूपकाे बैठकको मात्र कार्यक्रम विज्ञापन गरीन्छ।
- सबै एगोरा-प्रकारका बैठकहरूले खुला सार्वजनिक क्लबहरूको रूपमा सञ्चालन गर्नुपर्छ: तिनीहरूले अतिथिहरू, अन्य अगाेरा सदस्यहरू, र नयाँ सम्भावित सदस्यहरू साइन अप गर्न चाहान्छन् स्वीकार्नुपर्दछ।
- नयाँ सदस्यहरू अगाेरा- प्रकारका बैठकहरूमा मात्र साइन अप गर्न सक्षम हुनुपर्दछ। अर्को शब्दमा, एगोरा-प्रकार सत्रहरूमा उपस्थिति हुन कुनै पनि अन्य संगठनमा सदस्यता आवश्यक पर्दैन (यद्यपि एगोरा-प्रकारका बैठकहरूमा क्लबहरूले अन्य भाग पनि विज्ञापन र प्रचार गर्न सक्दछन्).
- अगाेरा भागमा उपस्थिति मुख्य संगठनमा कुनै पनि अन्य कार्यहरू आवश्यक पर्दैन।
- व्यक्तिहरू जुन तपाईको केवल एगोरा अंशमा सामेल हुन इच्छुक छन् भने उनीहरू अधिकारीको रूपमा निर्वाचित हुन सक्नुपर्दछ।